घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं/ घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। आज शुक्रबार आयोजित पार्टी प्रवेश स्वघोषणा कार्यक्रममा उनले आफू पार्टी प्रवेश गरेको भन्दा पनि सदस्यता नविकरण मात्र गरेको तर्क गरेका छन्।

नेकपा एसमा प्रवेश गर्दै भुसालले भने, ‘म प्रवेश गरेको भन्दा पनि नेकपा एसमा सदस्यता रिन्यु गरेको हुँ। नेकपाको खास नेकपा एस हो। मैले ९ औं महाधिवेशनका काम बाँकी छन् भनेर पत्र लेखेँ र नेकपा एसमा मेरो सदस्यता रिन्यु गरुदिनुस भनेर भने ।’

गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

एमाले परित्याग गरी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही १ बाट पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज