मकवानपुर/ वाग्मती प्रदेशसभाको उपसभामखुमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार अप्सरा चापागाईं चयन भएकी छन् । उनी नेकपा एमालेकी सांसद हुन् । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमा कांग्रेस उम्मेदवारलाइ पराजित गर्दै चापागाईं उपसभामुखमा विजयी भएकी हुन ।
सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार १०८ सांसदले सहभागिता जनाएको बैठकमा सभामुख भुवन पाठकबाहेक १०७ सांसद मत मतविभाजन प्रक्रियामा सहभागी थिए । चपागाईंको पक्षमा ६१ मत परेको छ । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उनको विपक्षमा ३९ र ७ जना तटस्थमा बसेका थिए । चापागाईं हुन ।
दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवारको प्रस्ताव निर्णायार्थ पेस नै भएन । कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो ।