वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर/ वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १०५ मत र विपक्षमा ३ मत रहेको थियो ।

प्रदेशसभामा रहेका ७ वटा राजनीतिक दलहरु मध्ये कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले मत दिएका थिए । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी भएनन् ।

जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज