काठमाडौं/ बागमती प्रदेशमा आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । सो कार्यदलले दिएको प्रतिवेदनको सुझावअनुसार मन्त्रालय घटाएर ११ बनाइएको हो ।
हाल बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै नेकपा एमालेका जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव थापा मन्त्री बनेका छन्। थपलिया आर्थिक मामिला तथा योजना मन्त्रालय र थापा बिना विभागीय मन्त्रीका रुपमा रहेका छन्।