मेयर साहको कार्यशैलीप्रति आपत्ति जनाउँदै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं/ महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीको विरोध जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा आइतबार विरोध प्रर्दशन गरिएको छ ।

अध्ययन र विकल्पविना साहले डोजर चलाएको भन्दै अभियन्ता, विभिन्न संघसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गरेका हुन ।
मेयर साहको यस्ता कामले सर्वसाधारणले पीडा भोग्नुपरेको आरोप लगाउँदै उनीहरुले त्यस्ता गतिविधि तत्काल बन्द गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।

मेयर साहले नागरिकको निजी सम्पत्तिमा आफूखुसी डोजर लगाएको आरोप पनि धर्ना र प्रदर्शनमा सहभागीहरूले लगाएका छन् । उनीहरूले ‘ज्यादती बन्द गर, डोजर आतंक बन्द गर, सडक विस्तारका क्रममा उठीबास लगाउन पाइँदैन, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, उठीबास गर्ने विकास चाहिँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर’जस्ता नारा लेखिएको प्लेकार्डसहित विरोध गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज