आजबाट वाग्मती प्रदेशमा सवारी अनुमतिपत्रमा ७० अंकभार प्रणाली लागू हुने

काठमाडौँ / आजबाट वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णाङ्कमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको छ ।

विगतमा यातायात व्यवस्था विभागले ७० अंकभार प्रणाली लागू गर्न यो भन्दा अगाडी ३ पटक प्रयास गरेको भए पनि प्रदेश मुख्यमन्त्री कार्यालयले रोक्दै आएको थियो । चौथो पटकको प्रयासपछि यो प्रणाली लागू हुने भएको हो ।

प्रदेशको काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसमेत पाँच ठाउँका यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले लाइसेन्सको प्रयोगात्मक परीक्षामा एक सय पूर्णाङ्कमा ७० अंक प्राप्त गरेमा प्रयोगात्मक परीक्षा उत्तीर्ण हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज