काठमाडौँ / बाँकेकी एकल महिला निर्मला कुर्मीको सवालमा न्यायको माग गर्दै विगत ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरू र सरकारका प्रतिनिधिवीच सहमति भएको छ । सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमतिपछि धर्नाको कार्यक्रम स्थगित भएको छ ।
मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रियामा अघि बढाउन निर्देशन दिएका थिए ।कुर्मीको मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ ।
धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने लगायतका ३ बुँदे सहमति भएको छ ।