काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले सबै विभाजित माओवादीहरु केन्द्रीत भई एकै ठाउँमा उभिनुपर्ने समय आएको बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यस्तो अवभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, मैले पटक पटक अपिल गर्दै आएको छु, अब समय आएको छ, सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ । समय र परिवेशले सबै माओवादीहरुलाई एकै ठाउँमा उभिन लगाएको बताउँदै उनले भने,
‘माओवादी आन्दोलन ठूलो प्रवाहको रुपमा अगाडि आयो । शान्ति प्रक्रियामा आएपछि विभिन्न भंगालाहरुको रुपमा विभाजित भयो । अब समय बग्दै जाँदा ती सबै भंगालाहरु मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’
सबै विभाजित माओवादी नेताहरुले पाएको शिक्षालाई आफ्नो सम्पत्ति सम्झेर एकता गर्नुपर्ने दाहालको भनाई थियो ।