मकवानपुर /वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
फागुन ८ गते बुधबार नै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरे पनि नेपाली कांग्रेस अनुपस्थित हुने भएपछि प्रदेशसभाको बैठक सारिएको थियो ।
मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ जना प्रदेश संसदले मत दिएका थिए । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । १७ सांसद उनको विपक्षमा थिए भने ७ जना तटस्थ रहेका थिए । जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एस) र हाम्रो नेपाली दलले मत दिएका थिए ।