ललितपुर /ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण आसपासमा रहेका २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने आधा दर्जन भन्दा बढि घर जोखिममा छन् ।
शनिबार जमिन भासिए पछि निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका २ वटा भत्किएका छन । अपार्टमेन्टसँगै निर्माण भइरहेको एउटा पाँच तल्ले घरको भासिएको छ ।
जमिन भासिएर घरहरु भत्किएपछि केही समय त्यो क्षेत्रमा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको को टोली घटनास्थलमा पुगेका छन् ।