‘दीपक मनाङे’ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश

काठमाडौं/ गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

सांसद गुरुङले एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवेश गरेका हुन् । मनाङ्ग जिल्ला प्रदेशसभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका गुरुङले स्वतन्त्र भएर जनताको सेवा गर्न नसकिने भन्दै पार्टी प्रवेश गरेका छन् ।

राजनीतिक पार्टीको संगठनमा आवद्ध भएर त्यसको नीति, विचार र सिद्धान्तको बलमा गरिने पहलकदमी प्रभावकारी हुने बताएका छन् । आफ्नो उद्देश्यसँग मेल खाने नीति नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को भएकाले त्यसैमा आवद्ध हुने बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज