पोखरा/ खेल, कला, संस्कृति र व्यापार प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्ने गरिएको पोखरा महोत्सव भोलि देखि शुरु हुने भएको छ । यो पोखरा महोत्सवको एघारौँ संस्करण हो ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले अमरसिँह चौरमा विशेष कार्यक्रमकावीच महोत्सवको उद्घाटन गर्ने आयोजक युनाइटेड क्लब, पोखराले जनाएको छ ।
माघ ९ गतेसम्म चल्ने महोत्सवमा महोत्सवमा दुई सय ५८ व्यावसायिक ‘स्टल’ रहनेछन् । तेह्र दिनसम्मको महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आङ्कलन गरिएको छ ।
महोत्सवबाट हुने आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकाको सहयोगका लागि खर्च गरिने बताइएको छ ।