पोखरा / पोखराको लेकसाइडमा रहेको लेकसाइड सेन्टरमा शनिबार दिउँसो आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको गोदामबाट आगलागी शुरु भएको बताइएको छ । दिउँसो ४ बजे देखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आइनसकेको स्थानीयले बताएका छन् ।
आगो नियन्त्रणका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली खटिएका छन् । दुईवटा दमकल र तीनवटा ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन । उक्त भवनमा रहेका हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत आधा दर्जन पसलहरूमा पनि क्षति पुगेकोले करोडौंको क्षति भएको अनुमान गरिएको छ ।