नेतृत्व विकास तालिम सम्पन्न

 पोखरा / लायन्स क्लब अफ आरम्भ चौतारीको आयोजनामा सोमबार पोखरा महानगरपालिका ११ मा दलित समुदायका महिलालाई नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ ।

क्लबका अध्यक्ष माया बराल छेत्रीले दलित समुदायको उत्थानका लागी समुदाय भित्र बाटै नेतृत्व विकास हून जरुरी रहेको बताउँदै तालिमको आयोजना गरिएको बताइन । उनले भनिन, महिलाहरू अहिले पनि विभिन्न किसिमका हिंसाबाट पीडित बनिरहेको अवस्था छ । त्यसैले अब उनीहरु सचेत हुनु जरुरी छ । एउटा सक्षम महिला हून नेतृत्व विकास समुदायमा हून जरूरी छ ।

तालिममा ३५ जना महिलाहरूको सहभागिता थियो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ११ का अध्यक्ष प्रेम कर्माचार्यले महिला सक्षम हुँदा परिवार र समाजका लागि समेत सकारात्मक प्रभाव पर्ने बताउँदै तालिमले अवसरबाट बञ्चित बनेका समुदायलाई प्रोत्साहित गरेको बताए ।

हरि बास्तोलाको सभापतित्व सम्पन्न भएको उक्त कार्यक्रममा अधिवक्ता सरिता तिमल्सिना पङ्गेनीले क्षमता विकास सम्बन्धित तालिम सञ्चालन गरेकी थिइन । कार्यक्रममा महिला संघका सभापति शारदा बास्तोला जनप्रतिनिधि रनसुभा गुरुङ, जयराम सुनार, शारदा बास्तोला, हरि बास्तोला र किस्न कुमारी कुवँरले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज