कर्णालीमा माओवादी केन्द्रले ४ र र एमालेले ३ मन्त्रालय पाउने सहमति

सुर्खेत/कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले ४ र र नेकपा एमालेले ३ मन्त्रालय पाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरूबीच मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो ।

सहमति अनुसार माओवादी केन्द्रले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ । त्यसैगरी नेकपा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज