कर्णाली प्रदेश सरकारमा रहेका एमाले मन्त्रीहरुले दिए राजीनामा

काठमाडौँ / कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले आइतबार सामूहिक राजीनामा दिएका छन् । योसँगै एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् । मन्त्रीहरुले संघीय सरकारमा बनेको नयाँ राजनीतिक समिकरणसँगै अन्य प्रदेशहरुमा समेत नयाँ समिकरण बन्न थालेकोले मुख्यमन्त्रीको सहजताका लागि आफूहरुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज