प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिए शपथ

विराटनगर/ प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । उनीसँगै तीन जना मन्त्रीहरूले शपथ लिएका छन्।

कार्कीले एमालेका तिलकुमार मेयाङ्वो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री बनाएका हुन् । आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले भने मुख्यमन्त्रीको शपथ बहिष्कार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज