धनकुटा/ धनकुटाको सिधुवा बजारमा भीषण आगालागी भएको छ। सिधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन् उनले भने ।
आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निभाएको स्थानीय दीपक खड्काले बताए। आगो नियन्त्रणमा लिन धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकलसमेत परिचालन गरिएको थियो । क्षतिको विस्तृत विवरण आउन बाकी छ ।