धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीय मर्यादाविपरीत कार्य गरेको यजुरी परेपछि गिरीविरुद्ध माघ ९ मा विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
‘विशेष अदालतमा आरोप पत्र दायर भएपछि डा. गिरी स्वतः निलम्बनमा परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बतचाए । बैकुण्ठ अर्याल कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा नभएर उजुरी परेको आधारमा मुद्दा दायर गरेको भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अनियमितताको छनविन गर्न प्रधानमन्त्री कार्यालयका सचिव अर्यालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन भएको थियो । कार्यदलले २०७८ साउन १८ मा प्रतिवेदन देउवा सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन बुझाएको १७ महिनामा आरोप दायर भएको हो । अर्याल उच्चस्तरीय कार्यदलले प्रतिष्ठानमा भएका विभिन्न ३३ वटा जटिल समस्या पहिचान गरेर समाधानका लागि सुझाव दिएको थियो ।