प्रदेश १ अब कोशी प्रदेश

मोरङ / बुधबार बसेको प्रदेशसभाले प्रदेश नं.१ को नाम कोशी प्रदेश पारित गरेको छ । प्रदेशसभामा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारले उक्त संशोधन प्रस्ताव टेबल गरेपछि बहुमत ध्वनी मतले अस्वीकृत भएका थिए ।

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज