कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ /प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । मन्त्रिपरिषद्ले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश नामकरणका लागि बुधबार भएको मतविभाजनमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना सांसदले मतदान गरेका थिए । ६ जना अनुपस्थित रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज