खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूलाठूला छिद्र परेको । भित्र के छ रु बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउँदयाम सुरु भयो ।
भित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका –५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौ भयो । उनलाई त्यस्ता सिरोटो खप्ने बानी नै परिसक्यो । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उनले भने, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उनले यो छाप्रोमा १६ वर्ष बिताइसकेका छन् ।
जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए । “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उनले भने, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।”
उनका दुई छोरा छन् तर, दुवै छोरा छुट्टै बस्छन् । कहिलेकाहीँ जेठा छोराकोमा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको गुजारा चल्ने गरेको छ । छाप्रोलाई उनले दुई तले बनाएका छन । तल खाना पकाउने ठाँउ छ भने माथि सुत्ने ठाँउ । श्रीमती बितेको पनि धेरै वर्ष भयो त्यसैले उनी अहिले यो छाप्रोमा एक्लै जीवन बिताइरहेका छन् ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले घर्तीलाई घरमा छाना छाउन जस्ता उपलब्ध गराउने बताए । जीर्ण बनेको उनको छाप्रोलाई समेत मर्मत गरि बस्नयोग्य बनाइदिने पालिकाका अध्यक्ष विष्टले बताए ।