श्रीमतीलाई बन्धक बनाएर कुटपिट तथा यौन शोषण गरेको भन्दै जिल्ला न्यायाधीश गिरीविरुद्ध उजुरी

कपिलवस्तु / श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएपछि कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरी विवादमा तानिएका छन् ।

श्रीमतीले हिंसा र यौन शोषणको आरोपमा उजुरी दिएपछि गिरीले श्रीमतीलाई पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मिनबहादुर घलेले दुवैजनाको उजुरी माथि प्रारम्भिक अनुसन्धान सुरु भएको जानकारी दिए ।

आरोपित गिरीकी श्रीमतील राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएपछि यो घटना सार्वजनिक भएको थियो । उजुरीमा उनले न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर कुटपिट गरेको र पटक–पटक गर्भ तुहाउन लगाएको आरोप समेत लगाएकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज