रूपन्देही / दाङको देउखुरी भालुवाङमा बुधबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरि लुम्बिनी प्रदेशको स्थायी राजधानी कायम गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एक कार्यक्रमकावीच झण्डोत्तोलन गर्दै स्थायी राजधानीको शुभारम्भ गरेका हुन्।
प्रदेश सरकारले २०७७ असोज २० गते दाङको राप्ती उपत्यकाको देउखुरी क्षेत्रमा राजधानी राख्ने निर्णय गरेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दै राप्ती प्राविधिक शिक्षालय परिसरमा मन्त्रायल र प्रदेशसभा व्यवस्थापन गर्दै अस्थायी संरचनामा राजधानीबाट दिने सेवा सुरु गरेका हुन् ।