मानव बेचबिखन मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

बुटवल / मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद फैसला भइ फरार रहेका रुपन्देहीको कञ्चन गाउँपालिका ५ बस्ने आरने माइला भन्ने मिन बहादुर विक ६ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहितको प्रहरी टोलीले उनलाई मंगलबार सैनामैना नगरपालिका ५ बुद्धनगरबाट पक्राउ गरेको हो ।

मंगलबार नै कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय कपिलवस्तुमा चलान गरिएको छ । २०७० साल कात्तिक महिनाको अन्त्यतिर आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका कपिलवस्तुका २ महिलालाई राम्रो काम र पैसा कमाइन्छ भनी प्रलोभन देखाई भारत लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज