पोखरा /यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका ४६ जनाको शव मंगलबार काठमाडौं पठाइने भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताए । पहिचन भएका मध्ये २३ जनाको शव पोखरामै आफन्तहरुलाई बुझाउने तयारी गरिएको छ ।
जहाज दुर्घटनामा हालसम्म ६९ जनाको शव फेला पारिएको छ । बाँकी तीनजनाको अवस्था अज्ञात छ । उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ ।संकलन गरिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।