लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए विश्वासको मत

भैरहवा/ बिहिबार बसेको प्रदेशसभाको चौथो बैठकबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा ८५ जना सांसद उपस्थित थिए । मुख्यमन्त्री गिरीका पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २८ मत परेको थियो । सभामुखले मतदान गरेनन् । माओवादीका जोखबहादुर महरा मातृशोकका कारण बैठकमा उपस्थित भएनन् । मुख्यमन्त्रीलाई ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले सांसदले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदसहित ५८ जनाले पक्षमा मतदान गेका हुन् ।

मख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज