भीम अस्पताललाई करिब ४० लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

भैरहवा/ भैरहवास्थित भीम अस्पताललाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५–पी ले करिब ४० लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।शनिबार एक कार्यक्रमकावीच ती उपकरण सञ्चालनको शुभारम्भ गरियो ।

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले त्यसको शुभारम्भ गरेका हुन ।
अस्पताललाई हस्तान्तरण गरिएका ती उपकरणमा अत्याधुनिक एउटा अल्ट्रासाउण्ड मेशिन र २ वटा इसीजी मेसिन छन् ।

स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले रुपन्देहीकै सबैभन्दा जेठो भीम अस्पतालमा उपचारार्थ आउने बिरामीले स्वास्थ्य जाँच उपकरणको अभावमा उपचार गर्नदेखि बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको बताए ।

बि.स. १९९० सालमा स्थापना भएको यो अस्पताल जिल्ला अस्पताल हो ।अस्पतालमा दैनिक २ सयदेखि २ सय ५० जनासम्म बिरामी ओपीडीमा आउने गर्छन् । प्रयोगशालाको सेवा लिने बिरामीको संख्या दैनिक १ हजार भन्दा माथि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज