नागरिक उन्मुक्ति पार्टी माग सम्बोधन नभएसम्म प्रदेश र संघ सरकारमा नजाने

काठमाडौँ / नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको शुरुवाती अवस्था देखि राखेको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छिन् ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ गर्नुपर्ने माग राखेको छ । आफनो यो माग पुरा नभएसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अध्यक्ष चौधरीले बताएकी हुन् ।

बुटवलमा एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रोष्ठले आफूहरूको माग सम्बोधन गर्ने आवश्वासन पाएकोले सरकारलाई समर्थन गरेको बताइन । अहिलेसम्म हाम्रो त्यो माग पूरा भएको छैन माग पुरा भएपछि मात्रै हाम्रो पार्टीले संघ र प्रदेश सरकारमा सहभागिता जनाउँछ उनले भनिन् ।

आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताउँदै अध्यक्ष श्रेष्ठले माग पुरा नभएसम्म आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताइन ।

अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरूलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज