लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद्‍ विस्तार हुने

रूपन्देही / लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्रिपरिषद्‍ विस्तार गर्ने भएका छन् । शुक्रबार नै मन्त्रीपरिषद् विस्तार गरिने भनिएपनि कस कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन नसकेपछि आइतबारका लागि सारिएको बताइएको छ ।

आइतबार मन्त्रिपरिषद्‍ विस्तार हुने भएपनि अहिलेसम्म माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नामावली आएको छैन । माओवादीमा मन्त्री छनोटमा विवाद कायम छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेले तत्कालका लागि मुख्यमन्त्रीसहित ५ मन्त्रालय राखेको छ । जनता समाजवादी पार्टी (जसपा)लाई दिनुपर्ने अवस्थामा एमालेको मन्त्रालय ४ मात्र हुनेछन् । माओवादीले तीन मन्त्रालय पाएको छ । सरकारलाई समर्थन गरेका दलमध्ये जनमत र राप्रपालाई एकरएक मन्त्रालय दिने गरी टुंगो लागेको छ । जसपाको भागमा एक मन्त्रालय परे पनि लोसपालाई भने मन्त्रालय छुट्याइएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज