नगर प्रमुखले आर्थिक अनियमितता गरेको भन्दै आमरण अनशन

रौतहट/  रौतहटका दुई नगर प्रमुखले आर्थिक अनियमितता गरेको र सूचना लुकाएको भन्दै स्थानीय जनप्रतिनिधि र राजनीति दलका प्रतिनिधिले अनशन शुरु गरेका छन् । रौतहटको गरुडा नगरपालिका र बृन्दावन नगरपालिकाका नगर प्रमुख विरुद्ध अनशन शुरु भएको हो ।

नगरपालिकाले नगरक्षेत्रमा सञ्चालन गरेका विभिन्न गतिविधि र त्यसमा भएको खर्चको सूचना नदिएको र त्यसमा अनियमितता गरेको भन्दै नगर प्रमुखविरुद्ध स्थानीय जनप्रतिनिधि र नागरिकहरूले अनशन थालेका हुन् ।

गरुडा नगरपालिकाका प्रमुख कन्थमणि जैसवालले नगरक्षेत्रमा सञ्चालन गरेका योजनामा व्यापक अनियमितता गरेको आरोप लगाउँदै स्थानीय दीपक यादव आइतबारबाट आमरण अनशनमा बसेका छन् । उनी गएको स्थानीय निर्वाचनमा नगरप्रमुखका प्रत्याशी थिए ।

त्यसैगरी बृन्दावन नगरपालिका नगरप्रमुख विनोदप्रसाद कुर्मीले विभिन्न योजनामा अनियमितता गरेको आरोप लगाउँदै नगरपालिकाकै वडा २ का अध्यक्ष सिकिन्द्र राउत कुर्मी, ३ का वडाध्यक्ष हरिनारायण साह, ४ का वडाध्यक्ष श्यामनन्दन राय र ५ का वडाध्यक्ष फेकु दास रिले अनशनमा बसेका छन् ।

नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही राय यादवलगायत एमाले, माओवादी, कांग्रेस, जसपा र आमजनता पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता समेत नगरप्रमुख कुर्मीले अनियमितता गरेको आरोप लगाउँदै अनशनमा बसेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज