बारा / बारा २ सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरेका थिए । कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।
बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । यसअघि बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन घोषणा गरिएको थिए ।