वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन ।
रिगललाई आममाफी दिएको प्रसङ्ग बारे बोल्दै ओलीले भने, सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्यो । आममाफी पाएका जेल परि सके तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर कुर्सिमा बसेका छन् । ओलीले वर्तमान सरकारको संविधान मिचेर काम गर्न उद्धत रहेको बताउँदै यसले लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको पनि बताए ।
वर्तमान सरकार सत्ता टिकाउनका लागि मात्रै केन्द्रित भएको आरोप लगाउँदै अध्यक्ष ओलीले नागरिकहरु आतङ्कित बनेको बताउँदै यस्ता आतंक मच्चाउने तत्त्वलाई कारबाही गर्न सरकारले नसकेको बताए ।