बाजुरा/ बिवादका कारण मतगणना रोकिएको बाजुरा जिल्लामा राजनीतिक दलहरुवीच सहमति भएपछि पुनः मतगणना सुरु भएको छ । बिहीबार दिउँसोबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए। मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ। निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो ।