धनगढी / बाजुरा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही १० हजार ९७३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाएका छन।
यो क्षेत्र सत्तारुढ गठबन्धन अन्तर्गत माओवादी केन्द्रको भागमा परेपनि एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र छाडेको थिएन । माओवादी केन्द्रले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो भने एकीकृत समाजवादीले शाहीलाई उम्मेदवार बनाएको थियो । दुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए तर कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेको थियो ।