धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन लागेका हुन् ।
गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिना भित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । त्यसअनुसार रावलका लागि विश्वासको मत लिन आज अन्तिम दिन हो ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।