धनगढी / बिहीबार बसेको प्रदेश सभामा विश्वासको मत अस्विकृत भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।
गत पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले समर्थनमा रावल मुख्यमन्त्री बनेका थिए । संविधानको प्रावधान अनुसार रावले विश्वासको मत लिनुपर्ने समय सीमा बिहीबारसम्म थियो। मुख्यमन्त्री रावलले बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए। बहुमत सांसदको समर्थन नपाएसँगै उनी नेतृत्वको सरकार ३० दिनमै ढलेको छ ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायत टीकापुर घटनामा थुनामा परेकाहरुको रिहाइलाई सर्तका रुपमा अघि सारेको थियो । सरकारले माग पुरा नगरेपछि नागरिक उन्मुक्ति पार्टीका संसद आजको बैठकमा अनुपस्थित भएनन् । जसले गर्दा मुख्यमन्त्री रावलले विश्वासको मत जुटाउन नसकेका हुन ।