दार्चुलामा हिमपहिरो ५ जना पुरिए, ७ जना सकुशल

दार्चुला / यार्सा संकलन गर्न गएका १२ जना दार्चुलाको व्याँस गाउँपालिका–१ भोमिनको हिमपहिरो परेका छन । हिमपहिरोमा ५ जना पुरिएका छन् भने ७ जना सकुशल रहेको बताइएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले दिएको जानकारी अनुसार यार्सा संकलन गर्ने गएका १२ जनाको समूह एउटै पालमुनि बस्दै आएको र उनीहरु बसेको पाल हिमपहिरोले पुरेको थियो ।

सहायक प्रजिअ धामीका अनुसार पुरिएकामा ४ महिला र १ पुरुष रहेका छन् ।पुरिएकाहरुको उद्धार जारी छ । पुरिनेमा ३ जना कैलालीको बुडर र २ जना दुहु गाउँपालिका पोक्सेका रहेका छन् । सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा करिब ३० जनाको टोलीले उद्धारको काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज