हाम्रो सामाजिक सक्रियता: वालकुमारी निम्न माध्यामिक विद्यालय कपनको विकाशमा सुरेन्द्र ढकाल फाउण्डेसनको सहकार्य

साबिक कपन गा.वि.स वडा नं १ लाखेपोखरीमा रहेको सार्बजनिक जग्गालाई सुकुम्बासी अतिक्रमणबाट जोगाई स्थानीय बुद्धिजीवि समाज सेवीशिक्षा प्रेमी र कपन गा.वि.स को संयुक्त प्रयासमा तिनकोठे अर्ध पक्कि भबन बाट सुरुवात भएको यसको प्रक्रिया प्रत्येक वालवालिकाहरुलाई गुणस्तरीय शिक्षाप्रदान गरी उज्जल भविष्य निर्माण तर्फ मार्ग निर्देशनगर्ने उदेश्यले वि.स २०५८ सालमा श्री बालकुमारी प्रा .विको रुपमा स्थापित भयो । यस भेगमा भएका गरिब ज्यालामजदुरी गरिखाने वर्ग र सर्ब साधारणका छोरा छोरीहरुलाई शिक्षाको उज्यालोबाट बन्चित हुन नपरोस भनी न्युन पारिश्रमीक रु २००० बाट एक शिक्षिका लक्ष्मी तिमल्सिना र एक परिचर राख्ने गरि गा.वि.स बाट संचालन हुदै आयो ।

वि.स २०६१–६२ मा वालविकास समाजसँग सहकार्य मार्फत संयुक्त भवन निर्माण पछि विद्यालयले गति लिएको पाइन्छ् । २०६४ सालबाट विद्यालय स्वीकृत गरि एक स्थाई, दुइ राहत र केहि निजि शिक्षकले संचालन गर्दै आएको विद्यालय, १–३, ४–५ हुदै हालकक्षा ९ सम्म संचालन भईरहेको छ । यस बीच विद्यालयमा आएको उतारचढाबको बाबजुद पनि विभिन्न संघ संस्था, वडा कार्यालय शिक्षा महा साखा नगरपालिका वालविकास शाखा, ऋक्ल् आदिको सहयोगले विद्यालयलाई अघि बढ्न अझ प्रेरणा थापिएको छ । हाल यस विद्यालयमा वालविकास देखि ९ सम्म जम्मा ४१० जना विद्याथीहरु अध्ययन गर्दै आएका छन् ।

हाल विद्यालयमा ३ जना नि.मा.बि स्थाई, ३ जना प्रा.बि स्थाई, २ जना राहत, २ जना बालविकास र ५ जना निजि मानव संसाधनद्वारा संचालित छ । सोहि क्रममा २०७७ बाट सुरेन्द्र ढकाल फाउण्डेसनसँग सहकार्य शुरु भएको कारण यस विद्यालयमा अध्ययन गर्ने जेहेन्दार छात्र छात्राहरुको शैक्षिक सुधारमा अझ योगदान पुगेको छ । प्रतिष्ठानबाट विद्यालयमा निम्नानुसारको सहयोग रहेको छ ।
– पूर्ण छात्रवृत्ति २०७८–२५ जना
– पूर्ण छात्रवृत्ति २०७९– २७ जना
– विद्यालयमा संचालित पूर्व प्राथमिकतहका एक कुशल क्षमतावान शिक्षिकाको मासिक वेतन २०७८ सालदेखि सहयोग हुंदै आएको छ ।
– ड्रेस युनिफर्म २०७८–१०० जना, २०७९–१०० जना

भावी योजना:
विद्यार्थीहरुको चौतर्फी विकाशको लागि शैक्षिक गुणस्तर साथ साथै खेलकुदको पनि उतिकै आवश्यक पर्ने भएकाले आगामी दिनमा खेलकुद सम्बन्धि विद्यार्थी केन्द्रित तालिम तथा सामग्रीहरु उपलब्ध गराउने तर्फ प्रतिष्ठानबाट राष्ट्रिय अन्तराष्ट्रिय सहयोग परिचालन हुने अपेक्षा गरिएको छ ।

सुरेन्द्र ढकाल फाउण्डेसनको सहयोग पछि विद्यालयमा आएका सुधार
-विद्यार्थीहरुको नियमित उपस्थिति
-ECD शिक्षिकाको प्रभाबले विद्यार्थी संख्या बढदैजानु
– प्रार्थना सभा आकर्षक
– विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्दि

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज