सिटिजन किङ नै बन्ने हो त ?


जब राणाहरूले आफैं बीच एबीसी क्लास सुरु गरे । सी क्लासका राणा विद्रोही बने जसले कालान्तरमा राणा शासन पतन गरायो । नेपालमा राजतन्त्रको पतनको लागि यदि कोही सबैभन्दा बढी दोषी थिए भने त्यो राजा ज्ञानेन्द्र नै हो । सत्ता आफ्नै हातमा लिने उनको निरंकुश अभ्यासको कारण संवैधानिक राजतन्त्र मान्ने राजनीतिक दलहरू सबै माओवादी खेमामा उभिन बाध्य भए । टाउकाको मूल्य तोक्ने शेरबहादुर र तोकिने प्रचण्ड जब राजतन्त्रको खिलाफमा उभिए, सडक तात्यो अनि राजतन्त्र बढारियो ।

गणतन्त्र आएसँगै नेताहरू सादगी हुन्छन् होला, राज्यको अर्थतन्त्रले धान्ने शासन व्यवस्था हुन्छ होला भन्ने जनताले सोचेका थिए तर यी सत्यानासीहरूको तडकभडकले एकातिर राजतन्त्रलाई उछिनिदियो भने दाजुको वंश विनाशको आरोप खेपेका राजा ज्ञानेन्द्र देशमै बसेर जसरी सादगी नागरिक जीवन बिताइरहेका छन्, त्यसले उनको लोकप्रियता बढेको मात्रै छैन, दाजुको हत्याको आरोप मनगढन्ते रहेछ भन्ने पुष्टि पनि भएको छ । हिजो श्रीपेच लगाउने बित्तिकै माओवादी समेतको गोलमेच सम्मेलन गराई सत्ता उनीहरूलाई सुम्पेको भए राजतन्त्र ढल्ने नै थिएन । यद्यपि ढिलो भने अझै पनि भइसकेको छैन । प्रश्न के हो भने के राजा ज्ञानेन्द्र सिटिजन किङमा रूपान्तरण हुन चाहन्छन् त भन्ने नै हो ।

Radicals wanted to establish a republic. Moderate liberals chose a constitutional monarchy. Louis Philippe, cousin of Charles X chosen, because during his youth, he supported the 1789 French Revolution. Louis Philippe got along with the liberal bourgeoisie. Louis’ policies favored the wealthy – the majority of people could still not vote.

राज्यबाट कुनै तलबभत्ता नलिने, राजाको सचिवालय सरकारले चलाइदिने, भोटो जात्रा अनि कुमारी जात्रालगायत धार्मिक सांस्कृतिक क्रियाकलापमा मात्रै संलग्न हुने, विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझ्नेजस्ता क्रियाकलापमा मात्रै सीमित हुने हो भने महँगो र तडकभडक गणतन्त्रको राष्ट्रपति भन्दा त धेरै गुणा राम्रो सिटिजन किङ होला नि त ।

राष्ट्रपति रामवरण यादवले सरकारको निर्णयले बर्खास्त गरेको सेनाका प्रमुखलाई पदमा बहाली कायम गरिदिनु, अनि सरकार र सांसदले पास गरेको विधेयकलाई बिनास्वीकृति थन्क्याइदिने राष्ट्रपति विद्याको कार्यले नेपालको राष्ट्रपति आलंकारिक हो कि कार्यकारी के हो भन्ने विवादको बिजारोपण गरेको छ । राष्ट्रपति निर्वाचनको कारण सत्ता गठबन्धन धराशायी हुन जानुले पनि राष्ट्रपति फगत आलंकारिक होइन रहेछ भन्ने कुराको पुष्टि राजनीतिक दल र तिनीहरूका नेताले गर्नुले गणतन्त्र विकृतिमय बन्न पुगेको अवस्थामा त्यसको विकल्पमा सिटिजन किङ किन नराख्ने भन्ने कुराले महत्व पाउन सक्छ । तर सडकले मात्रै सिटिजन किङ चाहेर हँुदैन, राजा ज्ञानेन्द्रले सत्ता स्वार्थ र तलबभत्ता त्यागको अनुपम उदाहरण सार्वजनिक रुपमा दिन सक्नुपर्छ । यस्तो गर्दा राष्ट्रघाती र भ्रष्टाचारीहरूसँग कुनै सहकार्य हुन नसक्ने कुरा पनि उनले स्पष्ट रुपमा बताउन सक्नुपर्छ । यसो भयो भने सिटिजन किङको पक्षमा जनलहर उठ्न सक्छ र राजा ज्ञानेन्द्र आफंैले जनताको नासो भनेको श्रीपेच उनलाई पुनप्र्राप्ती हुन सक्छ र सहकार्य नयाँ सिराबाट सुरु हुन सक्छ । फ्रान्सका अन्तिम राजा लुई फिलिपजस्तो सिटिजन किङ बन्ने मौका आएको छ, मौकामा चौकामा हान्न जान्नु प¥यो नत्र फेरि मौका गुम्ला । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज